भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नापी विभागको विषयगत कार्यालयका रुपमा रही भूमि सम्बन्धी नेपाल सरकारको प्रचलित नीति,ऐन नियम परिपत्र र निर्देशनालयलहरु पूर्ण रुपमा कार्यान्वयन गर्नु यस कार्यालयको प्रमुख उद्देश्य हो । कार्यालयका अन्य उद्देश्यहरू निम्न रहेका छन् । जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न नक्सा, फिल्ड बुक प्लट रजिष्टरहरु आदिको संरक्षण गर्ने । हक हस्तान्तरण हुँदा नक्सालाई अद्यावधिक गरी राख्ने । सरकारी एवं सार्वजनिक जग्गाहरूको अभिलेखिकरण गरि संरक्षण गर्ने । भूमि सम्बन्धित प्रचलित नीति, ऐन, नियम, निर्देशिका, कार्यविधिहरू र विभागीय निर्देशनहरूलाई कार्यान्वयन गर्ने ।