नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
नापी विभाग
नापी कार्यलाय, इलाम
सर्वसाधारणको जानकारीको लागि जारी गरिएको
नागरिक वडा पत्र (Citizen Charter)
|
क्र.श. |
सेवा सुविधाहरुको विवरण |
आवश्यक पर्ने कागजात-प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी |
कार्य सम्पन्न हुन नसकेको उजुरी गर्ने ठाँउ |
|
१ |
जग्गा खरिद बिक्री,बकस पत्र,अंशवण्डा,अदालतको फैसला,अधिग्रहण लगत कट्टा आदी कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने। |
मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरु उल्ले भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणहरु।(मालपोत कार्यालयले तोके बमोजिम) |
(क) सामान्य लिखत -२ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएमा सोहि दिन। -२ बजे पछि प्राप्त भएमा अर्को दिन। (ख)अंश वण्डा वा धेरै कित्ताहरुकाट गर्नु पर्ने लिखत -कार्यालय प्रमुखले तोके बमोजिम(बढीमा १ हप्ता भित्र) (ग) कित्ता नक्सा तयार गर्नु परेमा - कार्यालय प्रमुखले तोके बमोजिम (कित्ता नक्सा तयार गर्ने कार्यविधि अनुसार) |
शुल्क नलाग्ने |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक |
कार्यालय प्रमुख |
|
२ |
नक्सा सुधार/संशोधन गर्ने। |
मालपोत कार्यालयको पत्र,मालपोत कार्यालयबाट नक्सा सुधार संशोधन सम्बन्धि गरिएको कारवाहीको सम्पूर्ण विवरणहरु भएको फायल र आवश्यक कागजपत्रहरु (मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोके बमोजिम) |
(क)फिल्ड निरिक्षण गर्नु नपर्ने भएमा बढिमा २ दिन भित्र। (ख)फिल्ड निरिक्षण गर्नु पर्ने भएमा फिल्ड सिजनमा,कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा ७ दिन भित्र) |
शुल्क नलाग्ने |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक |
कार्यालय प्रमुख |
|
३ |
नापी गर्न छुट भएको जग्गा नाप नक्सा गर्ने।
|
मालपोत कार्यालयको पत्र तथा नाप जाँच गर्ने निर्णय भएको र यस सम्बन्धी कारवाही भएको विवरणहरु |
(क)निर्णयमा उल्लेख भएको भए सोही बमोजिम (ख) निर्णयमा उल्ले नभएको भए कार्यालय प्रमुखले तोके बमोजिम |
जग्गा नाप जाँच नियमावलीको कार्यालय प्रमुख नियम ३३ बमोजिमको रकम |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रम
|
|
४ |
हाल साविक भिडाउने |
मापोत कार्यालय वा हाल साविक भिडाउने माग गर्ने अन्य आधिकारिक निकायको पत्र |
कामको चाप र अवस्था हेरी कार्यालय प्रमुखले तोके बमोजिम बढीमा ७ दिन भित्र |
शुल्क नलाग्ने |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रमुख |
|
५ |
फिल्डबुक उत्तार -प्लट रजिष्टर उत्तार |
-रू. १०।-को टिकट टाँसेको निवेदन -सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि -चालू आ.व.को मालपोत तिरेको रसिद |
सोही दिन |
कम्प्युटर प्रिन्ट दिदा प्रति कित्ता रू १०।- |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रमुख |
|
६ |
नक्सा कम्प्युटर प्रिन्ट |
-सम्बन्धित कित्ताको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि |
सोही दिन |
प्रति नक्सा रू १००।-को बैंक भौचर |
कार्यालय प्रमुखले तोकेको सम्बन्धित फाँटवाला |
कार्यालय प्रमुख |
|
७ |
फिल्ड रेखाङ्कन |
-रू.१०।-टिकट टाँसेको निवेदन -जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि -नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -चालू आ.व.को मालपोत तिरेको रसिद -रेखाङ्कन दस्तुर बापतको राजश्व बुझाएको रसिद |
फिल्ड सिजन (कार्तिक १५-जेष्ठ १५)मा सामान्यतया १५ दिन भित्र।कामको अत्याधिक चाप भएमा कार्यालय प्रमुखले तोके अनुसार |
जग्गा नाप जाँच नियमको ३३ बमोजिम(सदरमुकामबाट सम्बन्धीत स्थान सम्मको दूरीको आधारमा तोकिने छ)नापी कार्यालयबाट तोकिए बमोजिम |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रमुख
|
|
८ |
कित्ता एकिकरण गर्ने |
-रू.१०।-टिकट टाँसेको निवेदन -सम्बन्धित कित्ताहरुको ज.ध.द. प्रमाणपूर्जाको प्रतिलिपि -सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -चालू आ.व.को मालपोत तिरेको रसिद |
कित्ताहरुको सङ्ख्या हेरी कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा ७ दिन भित्र) |
प्रति कित्ता रू.५०।-र फिल्ड रेखाङ्कन बापतको राजश्व |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रमुख
|
|
९
१० |
क्षेत्रफल टायल चेक गर्ने
कित्ता नक्सा(Parcel Plan) तयार गर्ने (नापी विभागले तोकेको क्षेत्रमा मात्र) |
-रू.१०।-टिकट टाँसेको निवेदन -जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि - नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -चालू आ.व.को मालपोत तिरेको रसिद -रू.१०।-को टिकट टाँसेको निवेदन - सम्बन्धित कित्ताको ज.ध.द. प्रमाणपूर्जाको प्रतिलिपि -सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |
कार्यालय प्रमुखले तोके बमोजिम
कार्यालय प्रमुखले तोके अनुसार (कित्ता नक्सा तयार गर्ने कार्यविधि बमोजिम)
|
शुल्क नलाग्ने
प्रति कित्ता रू.५०।-र फिल्ड रेखाङ्कन बापतको राजश्व |
कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन /सर्भेक्षक कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्वन्धित फाँटवाला अमिन /सर्भेक्षक
|
कार्यालय प्रमुख
कार्यालय प्रमुख
|
नोटः-
१) जेष्ठ नागरिक,अशक्त,सुत्केरी र नावालकको हकमा सेवा प्रवाहमा सोही बमोजिम प्राथमिकता दिइने छ।
२) कुनै असाधारण र काबु बाहिरको परिस्थितिले गर्दा कुनै कार्य तोकिएको समय भित्र सम्पन्न गर्न नसकिएमा कार्यालय प्रमुखले जग्गाधनीलाई स्पष्ट कारण खुलाई जानकारी गराउनु पर्ने छ र कुनै समय र मितिमा सो कार्य सम्पन्न हुने हो सो जानकारी दिई तोकिएको समयमा कार्य सम्पन्न गर्नु पर्दछ।
३) मौसमको प्रतिकुलताले गर्दा फिल्ड चेक/निरिक्षण/रेखाङ्कन गर्ने कार्य र नक्सा प्रिन्ट गर्ने जस्ता कार्यहरु समयमा सम्पन्न हुन नसकेमा सो को जानकारी सम्बन्धित व्यक्तिलाई गराउनु पर्ने।
४) कुनै कार्य सम्पन्न गर्न कुनै कर्मचारीले अनावश्यक ढिला सुस्ती,लापरबाही वा अनियमित कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिले कार्यालय प्रमुख सँग सिकायत/उजुर गर्न सक्छ।कार्यालय प्रमुखबाट समाधान नभएमा नापी विभाग,योजना तथा अनुगमन शाखामा लिखित,मौखिक,इमेल,फ्याकस ममार्फत सिमायत/उजुरी गर्न सक्नेछन्।यसको लागि ठेगाना निम्न बमोजम छ।
मिनभवन काठमाडौं
फोनः ०१-४१०६७६९
फ्याक्सः०१-४१०६७६९
इ-मेलःinfo@dos.gov.np